Logo
६ बैशाख २०८१, बिहीबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रणबीरकी पूर्व प्रेमिका दीपिका पुगिन् ऋषिलाई भेट्न, नितु कपुरबाट पाइन् यस्तो उपहार

न्यूयोर्कमा आयोजित मेट गालामा शानदार एन्ट्रीपछि दीपिका पादुकोण ऋषि कपुरलाई समेत भेट्न गइन् । दीपिका भेट्न जाँदा ऋषि कपुर नितु कपुर निकै खुसी थिए । भेटको तस्बिर नितुले सोसल मिडियामा सेयर पनि गरेकी छिन् । यो खुसीलाई नितु कपुर र रणबीर कपुरकी दिदी रिद्धिमाले विशेष तरिकाले व्यक्त गरे ।

वास्तवमा दीपिकालाई आमा नितु कपुर र रणबीरकी दिदी रिद्धिमाले एक विशेष ब्रासलेट उपहार दिइन् । दीपिकाले यसको तस्बिर इन्स्टाग्राममा सेयर गर्दै लेखिन्, ‘आशिर्वाद र प्रेम ।’ नितु कपुरले पनि सोसल मिडियामा दीपिकासँग बिताएका तस्बिर सेयर गरेकी थिइन् ।

स्मरण रहोस्, ऋषि कपुर लामो समयदेखि न्यूयोर्कमा आफ्नो उपचार गराइरहेका छन् । उनलाई थुप्रै सेलिब्रिटी भेट्न गइरहन्छन् । उनलाई अनुपम खेर, करिश्मा कपुर, रणधीर कपुर, आमिर खानले भेटिरहन्छन् । केही दिन अघि फिल्म निर्माता राहुल रवेलले ऋषि कपुर क्यान्सरमुक्त भइसकेको जानकारी दिएका थिए ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्