Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विनाशकारी आँधी पीडितका लागि प्रदेश १ ले दियो एक करोड

जनकपुरधाम : गत चैत महिनामा बारा र पर्सामा आएको विनाशकारी आँधी पीडितका लागि सोमबार प्रदेश १ सरकारले एक करोड सहयोग उपलब्ध गराएको छ ।

सोमबार प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाम आएर मुख्यमन्त्री शेरधन राईले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई एक करोडको चेक हस्तान्तरण गरे । गत चैत महिनामा बारा पर्सामा आँधीले २९ जनाको मृत्यु हुनुका साथै करोडौंको धनमालको क्षति भएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा राईले चेक हस्तान्तरण गर्दै आँधीले निम्त्याएको विपदमा आफ्नो प्रदेशले सानो सहयोग गरेर प्रदेश २ को विपतमा सबै एकजुट रहेको सन्देश दिएको बताए ।

चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश १ प्रति आभार प्रकट गरे । उनले मुलुक संघीयतामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ भएको उल्लेख गरे ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्