Logo
८ बैशाख २०८१, शनिबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एभिन्युज टेलिभिजनको वीरगञ्ज व्यूरो कार्यालयमा तोडफोड

वीरगन्ज : एभिन्युज टेलिभिजनको वीरगन्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ ।

कर्मचारीहरू काम गरिरहेको समयमा मुखमा कालो कपडा बाँधेर आएका समाजवादी पार्टी नेपालका कार्यकर्ताले आफ्नो ब्युरो कार्यालयमा तोडफोड गरेको टेलिभिजनले बताएको छ ।

उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्ता आइतबार प्रसारण भएको थियो । उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्किएका थिए ।

सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगन्ज कार्यालय तोडफोड गरेको एभिन्युज टेलिभिजनले दाबी गरेको छ ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्