Logo
१३ बैशाख २०८१, बिहीबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामसङकोे ग्यालेक्सी ए२ कोर अब नेपाली बजारमा, हेर्नुहोस् यसको विशेषता

काठमाडौं :  सामसङले आफ्नो लोकप्रिय ग्यालेक्सी ए लाइन अन्तर्गत नेपाली बजारमा ग्यालेक्सी ए२ कोर सार्वजनिक गरेको छ । इन्ट्रि-लेभलका ग्राहकहरुलाई लक्षित गरी सामसङले सुलभदरमा ग्यालेक्सी ए२ कोर सार्वजनिक गरेको जनाएको छ ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले सबै डिभाइसहरुमा एकदमै नविनत्तम र उत्कृष्ट प्रविधि ग्यारेन्टी गर्न पूर्ण रुपमा प्रतिबद्ध भएको बताएका छन् । उनले ग्यालेक्सी ए२ कोरले पूर्ण मात्रामा स्मार्ट फोनको अनुभव दिलाउने बताए । स्थापितका अनुसार ए२ कोर परिष्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्य सम्पादन र विशेष गरी पहिलोपटक प्रयोग गर्नेहरुलाई अपिल गर्ने खालको रहेको छ ।

उत्कृष्ट डिस्प्ले

१२.६४ सि एम (५.०”) क्यूएचडी डिस्प्लेले हरेक कुरा सफा एवं उत्कृष्ट प्रदर्शन गर्दछ । ५४०x९६०पिक्सल तथा १६.९को एस्पेक्ट रेसियोका साथ ५.०० इन्चको टचस्क्रिन डिस्प्ले यसमा रहेको छ ।

उत्कृष्ट क्यामेरा

यसमा भएको ५.० मेगापिक्सलको क्यामराले उत्कृष्ट फोटो खिच्दछ । यो स्मार्टफोनमा ५ मेगापिक्सलको रियर तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । ग्यालेक्सी ए२ कोरमा ५ मेगा पिक्सलको क्यामेराकोसाथमा सामसङको ७८७०एएन कोर प्रोसेसर रहेको छ ।

पर्फर्मेन्स पावर

ग्यालेक्सी ए२ कोरमा सामसङ एक्सनस ७८७० अक्टा कोर प्रोसेसर तथा एन्ड्रोयडको ओरियो रहेको छ ।

स्टोर

ग्यालेक्सी ए२ कोरमा १६जीबीको इन्टरलन स्टोरेज भएकाले आवश्यक हरेक कुराहरु भण्डारण गर्न सकिने छ । साथै मोबाइलका एपहरुलाई एसडी कार्डमा स्थानान्तरण पनि गर्न सकिने छ ।

मूल्य

ग्यालेक्सी ए२ कोरको नेपाली मूल्य ९ हजार ३ सय ९० तोकिएको छ । यो फोन निलो, खैरो र सुनौलो रंगमा उपलबध् छ । नेपाल अधिराज्यभर रहेका सामसङका आधिकारिक रिटेल स्टोर्सहरु तथा सामसङ ब्राण्ड सपहरुबाट उपलब्ध रहेका छन् ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्