Logo
८ बैशाख २०८१, शनिबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस वर्षको आइपीएल च्याम्पियन बने ‘मुम्बई इन्डियन्स’

हैदरावाद :  चेन्नई सुपरकिंग्स र मुम्बई इन्डियन्सबीच हैदरावादमा भएको इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल खेलमा चेन्नईलाई मुम्बईले १ रनले हराउँदै च्याम्पियन बनेको छ ।

मुम्बईले आइपिएल ट्रफी उचालेको यो चौथों पटक हो । यसअघि उसले २०१३, २०१५, २०१७ मा पनि ट्रफी उचालेको थियो । १५० रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सफल भयो । मलिङ्गाको अन्तिम बलमा चेन्नईका ब्याट्सम्यान एलबिडब्लू आउट भए ।

अत्यन्त रोमान्चक बनेको खेलमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनी चाहिँ जम्मा २ रन बनाएर आउट भए । चेन्नईका ओपनर फाँफ डू प्लेसीले पनि राम्रो गर्न सकेनन् । उनी १३ बलमा २६ रन बनाएर आउट भए । चेन्नईका लागि पहिले ब्याटिङ गरेको मुम्बईले १ सय ५० रनको लक्ष्य दिएको थियो । चेन्नईका लागि सेन वाट्सनले ८० रनको योगदान दिए ।

यसभन्दा पहिले टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । आफ्नो ३३ औं जन्मदिनमा केरान पोलार्डले २५ बलमा ४१ हाने । उनी नटआउट रहे । यो नै मुम्बईका लागि ब्याट्सम्यानबाट सबैभन्दा धेरै रनको योगदान थियो ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्