Logo
७ बैशाख २०८१, शुक्रबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिडिया काउन्सिल विधेयक रोक्न पत्रकार महासंघले बुझायो सभामुखलाई ज्ञापनपत्र

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्नका लागि सभामुखको ध्यानाकर्षण गराएको छ । महासंघको टोलीले सोमबार सभामुख कृष्णबहादुर महरालाई सिंहदरबारस्थित उनको कार्यकक्षमा भेटी प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेको विधेयक रोक्न ध्यानाकर्षण गराएको हो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिलका पदाधिकारी नियुक्ति तथा पदच्यूत, हुन जरिवानाको व्यवस्था तथा काउन्सिललाई सरकारले निर्देशन दिन सक्ने भनी गरिएको व्यवस्था लगायतले काउन्सिललाई स्वयायक्त नभई पूर्णरुपमा सरकारको नियन्त्रणमा राख्ने भन्दै ती व्यवस्था हटाउनुपर्ने माग गरे ।

उनले आफूहरुको आन्दोलन सरकार विरुद्ध र लोकतन्त्र विरुद्ध नभई प्रेस स्वतन्त्रताको पक्षमा भएको स्पष्ट पारे । प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले मिडिया काउन्सिललाई सबै किसिमको नियन्त्रण गर्ने गरि सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै त्यस किसिमका व्यवस्था हटाउन सभामुखको ध्यानाकर्षण गराए ।

महासंघको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख महराले विधेयकबारे आफूले संचारमन्त्रीसंग छलफल गर्ने भन्दै राष्ट्रियसभाका अध्यक्ष र विषयगत समितिका सभापतिलाई भेट्न सुझाव दिए । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै चरणवद्ध आन्दोलन घोषण गरेको महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश लगाउने काम बन्द नभए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्