Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलि प्रदेश २ मा सार्वजनिक विदा

जनकपुरधाम : प्रदेश २ मा भोलि (सोमबार) प्रदेश २ मा सार्वजनिक विदा हुने भएको छ । जानकी नवमीको अवसर पारेर प्रदेश २ सरकारले जानकी सोमबार प्रदेशभित्र सार्वजनिक विदा दिएको हो ।

यस पटकको जानकी नवमीलाई जनकपुरधाममा महामहोत्सवको रुपमा मनाइँदैछ । सप्ताहव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउनेछन् ।

वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ । राम नवमीको एक महिनापछि सीता नवमी पर्छ । यसैबीच जानकी नवमीको अवसरमा शुभकामना दिँदै प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश नम्बर २ को गरिमालाई समेत विश्वस्तरमा स्थापित गर्ने भएको हुँदा यसपर्वको गरिमाको संरक्षण, स्म्बद्र्धन र प्रचार प्रसारमा प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्