Logo
११ बैशाख २०८१, मंगलबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारको अधिकारलाई सुनिश्चित गर्नकै लागि नयाँ कानुन ल्याइने : मन्त्री बाँस्कोटा

नुवाकोट : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेण्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारको अधिकारलाई सरकारले सुनिश्चित गर्नकै लागि नयाँ कानुन ल्याइने बताउँदै भने, मिडिया मालिकलाई मालिक मात्र हुने बानी बसेको छ ।

कर नतिर्ने, दिनरात खटिने पत्रकारका लागि तोकिएअनुसार तलब नदिने भएकाले केही मिडियाधनीको सातो उडेको छ । श्रम गर्ने पत्रकारलाई ढुक्क हुन आग्रह गर्दै उनले उनीहरुको अधिकार दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, सरकारले मिडिया मालिकलाई नियन्त्रण गर्छ भनेर बाहिर अनेक हल्ला फैलाउने काम भइरहेको छ ।

नागरिकले देशमा बसेपछि देशको कानुन मान्नुपर्छ, नियम कानुन सबैका लागि बराबर हुनुपर्छ । सबै सेवा, सुविधा दिनुपर्ने भयो, पत्रकारको सुरक्षा, न्यूनतम तलब आदि कुरालाई कार्यान्वयन गर्नुपर्‍यो भनेर एकथरिलाई टाउको मात्र दुखेको हो ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्