Logo
७ बैशाख २०८१, शुक्रबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्छ : पूर्वसभामुख

बुटवल : पूर्वसभामुख नेकपाको नेतृ ओनसरी घर्तीले सरकारले मिडियामाथि अंकुश लगाउन नमिल्ने बताएकी छिन् ।

रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै घर्तीले मिडिया विधेयकबारे पत्रकारले राखेको जिज्ञासामा उनले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै यदी विधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिने धारणा राखिन् ।

उनले भनिन्, ‘राज्यका आ-आफ्नै नियम हुन्छन् । सवै जनताले मान्ने कानुनी मिडियाले पनि मान्नुपर्छ तर सरकारले जनताका आवाज उठाउने मिडियालाई अंकुश नलगाउन खोजेको होइन ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ अध्यक्ष समेत रहेकी उनले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पारिन्

। उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने बताइन् । मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुंगो लाग्न समय लागेको उनको भनाइ छ । घर्तीले नेपालको साधन स्रोतमा नेपाली जनतालाई मालिक बनाउने प्रयास स्वरुप सरकारले नीति कार्यक्रम सार्वजनिक गरेको बताइन् ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्