Logo
१३ बैशाख २०८१, बिहीबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि दुई परिचित प्रतिद्वन्द्वी चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्नेछन् ।

हैदरावादको राजीव गान्धी अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल निकै रोचक हुने अनुमान गरिएको छ । जारी प्रतियोगितामा यी दुई टोली एकआपसमा भिड्न लागेको यो चौथो पटक हो । समूह चरणका दुई तथा क्वालिफायरको खेलमा मुम्बईले चेन्नईलाई हराएको थियो । आजको खेलमा मुम्बई आफ्नो जितको शृंखला जारी राख्दै उपाधि चुम्न चाहन्छ भने चेन्नई हारको शृंखला तोड्दै मुम्बईसँग मीठो बदला लिन चाहन्छ ।

आईपीएल क्रिकेटको फाइनलका यी दुई टोली भिड्न लागेको यो चौथो पटक हो । यसअघिको तीन फाइनल भेटमा मुम्बईले दुई तथा चेन्नईले एक खेल जितेको छ । सन् २०१० मा चेन्नईले मुम्बईलाई पराजित गरेको थियो भने सन् २०१३ र २०१५ मा मुम्बईले चेन्नइलाई पराजित गरेको थियो ।

मुम्बई र चेन्नइले अहिलेसम्म तीन/तीन पटक आईपीएल क्रिकेटको उपाधि जितेका छन् । यसपटक उपाधि जित्ने टिम सर्वा्धिक ४ पटकको च्याम्पियन बन्नेछ ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्