Logo
१२ बैशाख २०८१, बुधबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र भियतनामबीच १६ बुँदे सहमति

काठमाडौं :  नेपाल र भियतनामबीच द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिका विषयमा १६ बुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणका क्रममा शनिबार द्विपक्षीय सम्झौता भएको हो ।

सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट त्यहाँका विदेश मामिला मन्त्रालयका प्रतिनिधि न्गुएन कोक दुङले हस्ताक्षर गरेका थिए ।

सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सहमति र दुई सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा हस्ताक्षर भएको छ । योसँगै दुई देशबीचको आन्तरिक सुरक्षा तथा फौजदारी अपराधविरुद्ध सहकार्य गर्ने र उद्योग व्यापारको विकासमा पनि साझेदारी गर्ने सहमति भएको छ ।

भियतनाम भ्रमणका लागि प्रधानमन्त्री ओली वैशाख २६ मा त्यसतर्फ प्रस्थान गरेका थिए । उनले आइतबार भिसाकमा संयुक्त राष्ट्रसंघीय दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्