Logo
७ बैशाख २०८१, शुक्रबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईपीएल फाइनल आज, चौथो उपाधिका लागि चेन्नाई र मुम्बई मैदानमा उत्रँदै

काठमाडौंः इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज साविक विजेता चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्ने भएका छन् ।

हैदराबाद मैदनामा साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुने १२औं संस्करणको आईपीएलको उपाधिका लागि मुम्बईले पहिलो क्यावालिफायरमा चेन्नाई सुपर किंग्सलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो भने, चेन्नाईले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर मुम्बईसँगको भेट पक्का गरेको हो ।

आइपीएलको १२ औं संस्करणसम्म आइपुग्दा अहिलेसम्म यी दुबै टिमले समान तीन–तीन पटक आईपीएलको उपाधि जितेका छन् । दुवै टोली आईपीएलको चौथो उपाधिका लागि मैदानमा उत्रने भएका छन् ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्