Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यायपालिका, व्यवस्थापिका र सञ्चारसमेतलाई नियन्त्रण गरेर सरकार निरंकुश बन्दैछ : भण्डारी

सप्तरी : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भईरहेको आरोप लगाउनुभएको छ । राजपा नेपालले शनिबार सप्तरीको राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र सञ्चार क्षेत्रसमेतलाई नियन्त्रण गरेर सरकार निरंकुश बन्न खोजिरहेको तर्क गर्नुहुँदै ‘न्यायाधिश नियुक्तिदेखि न्यायालयका हरेक गतिविधिमा सरकार हस्तक्षेप गर्छ। यो राम्रो संकेत होइन’, ‘पूर्वन्यायाधिशहरुको निष्कर्षले पनि न्यायपालिका ठिक ढंगले अघि नबढेको र सुधार गर्न ढिला भइसकेको देखाएको बताउनुभयो । राष्ट्रिय अनुसन्धान, अख्तियार दुरुपयोग अनुसन्धान, सम्पत्ति शुद्धिकरणलगायतका अनुसन्धान गर्ने निकाय प्रधानमन्त्री कार्यालयअन्तर्गत र्पुयाएर सरकारले गतल अभ्यास गरिरहेको उहाँको भनाइ छ।

संयोजक भण्डारीले सरकारले पछिल्लो समय मिडियामाथि पनि बन्देज लगाउने प्रयास गरिरहेको भन्दै खबरदारी गर्नुहुँदै उहाँले राष्ट्रियसभा सचिवालयमा दर्ता गरिएको ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ तर्फ संकेत गर्दै, ‘सरकारले लोकतन्त्रको मूल्य, मान्यता र मर्ममाथि नै आक्रमण गरिरहेको छ। यसले खतरा निम्त्याउन सक्ने विश्वास ब्यक्त गर्नुभयो ।’

संचारकर्मीहरुको जिज्ञासामा उहाँले सरकारका संघियता र लोकतन्त्र विरोधी गतिविधिले मुलुकमा दुर्घटना हुनसक्ने संकेत गर्दै भण्डारीले मुलुकमा विखण्डनको खतरा अझै बढेको बताउँदै राज्य विखण्डनको मुद्दा बोकेका सिके राउतलाई देखाएर सरकारले ‘विखण्डनवाद र पृथकतावादको अन्त्य’ भएको बताएपनि सरकारकै कारण मुलुक विखण्डनको दिशामा अघि बढ्नसक्ने आशंका गर्नुभयो ।

फरक प्रसङ्गणमा भण्डारीले ‘सिके राउतका कारण मुलुक विखण्डन र पृथकतावादी आन्दोलनको अन्त्य नभई त्यो मुद्दा नै सरकारले बोकेको छ। त्यसैले पनि अब खतरा अझै बढेको हाम्रो निष्कर्ष हो।’ मधेशी जनता माथि भइरहेको विभेद अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको र सरकार संविधान संशोधन गर्ने मानसिकतामै नरहेकाले त्यसले विखण्डनको बाटो खोल्न सक्ने जिकिर गर्दै उहाँले ‘विभेदले विद्रोहको जन्म दिन्छ र विद्रोहबाट विखण्डनको अवस्था सिर्जना हुनसक्छ’, ‘त्यसैले सरकार लचक भएर असन्तुष्टीहरुलाई सम्बोधन गर्नेतर्फ लाग्नु जरुरी रहेको स्पष्ट पार्नुभयो ।

दुई तिहाइको वर्तमान सरकारले नीति तथा कार्यक्रममार्फत सफेद झुट बोलेको पनि भण्डारीले आरोप लगाउँदै उहाँले ‘संघीय संसदमा तेश्रो ठूलो शक्ति संविधान संशोधनको मुद्दा बोकेर बसेको छ’, ‘तर, सरकार भने संविधान सर्व्स्विकार्य भएको भन्दै ढोल पिटिरहेको छ।’
एक अर्को प्रसङ्गमा भण्डारीले समाजवादी पार्टी नेपालसँग तत्कालका लागि पार्टी एकताको सम्भावना हाललाई सकिएको संकेत गर्नुभयो। मधेशी, आदिवासी, जनजाति तथा अल्पसंख्यकको अधिकार प्राप्ति तथा संविधान संशोधनका विषयमा समाजवादी पार्टीको धारणा स्पष्ट नभएकाले एकतापछि धकेलिएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले ‘तत्कालीन फोरम नेपालले पनि संविधान संशोधनको मुद्दा बोकिरहेकै छ। संविधान सर्व्स्विकार्य भएको र विखण्डनवादको अन्त्य भएको भन्ने विषयमा समाजवादी पार्टीमा अझै पनि अस्पष्टता कायमै रहेको उहाँले दाबी समेत गर्नुभयो । यसअघि फागुन २९ देखि चैत १ गतेसम्म हयात होटलमा बसेको राजपा नेपालको गोप्य बैठकले राजेन्द्र महतोको संयोजकत्वमा फोरमसँग वार्ता गर्न समिति बनाएको थियो। फोरम नेपालले पनि मंसिर २३ गते नै केन्द्रीय समितिको बैठकबाट पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

सो पत्रकार सम्मेलनमा सांसद नेत्रविक्रम साह ,राजपा नेपालका केन्द्रिय महासचिव केशब झा ,केन्द्रिय सह कोषाध्यक्ष गजेन्द्र मण्डल , राजपा नेपालका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, उपाध्यक्ष सुचिता कुमारी यादव , निरज मुक्ति, जिबछ यादव, हरेराम यादव, नरेन्द्र यादव, मनोज झा, अमरनाथ मण्डल, जय नारायण यादव लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: May 11, 2019

प्रतिक्रिया दिनुहोस्