Logo
१५ चैत्र २०८०, बिहीबार
(May 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख महीनाभित्रमा ३ सय २१ ले लिए वंशजका आधारमा नागरिकता

सप्तरी : जिल्ला प्रशासन कार्यालय सप्तरीबाट यही वैशाख महीनाभित्रमा ३२१ ले वंशजका आधारमा नागरिकता पाएका छन् ।

नागरिकता प्राप्त गर्नेमा २२९ पुरूष र ९२ महिला रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालयबाट २२०, इलाका प्रशासन कार्यालय कञ्चनपुरबाट ९८ र इलाका प्रशासन कार्यालय बोदेबरसाइनबाट तीन ले नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।

सर्वोच्चको आदेशपछि गत चैत २६ देखि वैशाख ३ सम्म नागरिकता वितरणकार्य रोकिएको थियो भने पुन: यही वैशाख २४ देखि गृह मन्त्रालयले अल्पकालीन जन्मका आधारमा दिइदै गरेको वंशज नागरिकता दिनमा रोक लगाएको छ ।

वैशाख ३ मा सर्वोच्चकै आदेशबाट नागरिकता वितरण खुल्ला भएपछि वैशाख ४ गतेदेखि नागरिकता वितरण कार्य शुरू भएको २० दिन पछि पुन: सो कार्य रोकिएको छ । दैनिक सरदर १६ देखि २० जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति: May 11, 2019

प्रतिक्रिया दिनुहोस्