Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी, दोषीलाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

रौतहट : रौतहमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेका छन् ।

रौतहटको गरुडा नगरपालिका लक्षमीपुर गाउँ छेउमा अज्ञात समुहद्धारा सडक डिभिजन कार्यालयको स्काभेटरमा गरेको आगजनीको दोषी पक्राउ नगर्दै पुन । अर्को स्काभेटरमा आगजनी भएको हो ।

सडक निर्माणका बिषयमा विवाद हुँदा विहीवार राती गुजरा नगरपालिका-६ खतवहिया टोलछेउमा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको हो । शहरी विकास मन्त्रालय अन्तर्गत शहरी पूर्वाधार निर्माणमा रमन, सगरमाथा सगुन जेभी कन्ट्रक्सनद्वारा गुजरा९ ६ खतवहियास्थित सडक निर्माण भई रहेको थियो ।

निर्माणको क्रममा केही स्थानीय र ठेकदार कम्पनीका मानिसविच बिहिवार दिउँसो विवाद भएको थियो । विवादपछि खतवहिया गाउँछेउमा रोकेर राखिएको निर्माण कम्पनीको स्काभेटरमा मध्यरातमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट स्काभेटरको अधिकांश भाग जलिसकेको प्रहरीले जनाएको छ । निर्माणको क्रममा सडक सिधा बनाउने बिषय लिएर केही स्थानिय र निर्माणकर्तावीच बिवाद भएको थियो । विवादपछि निर्माणकार्यमा खटिरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाह पुरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेका थिए ।

उक्त घटनाका सम्बन्धमा छानबिनको क्रममा प्रहरीले केही स्थानीयलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपनि वास्तविक दोषीलाई प्रहरीले हालसम्म पक्राउ गर्न नसकेको प्रदेश सांसद कुन्दन कुश्वाहाले जनाएका छन् । प्हरीलले गएराती गुजरामा भएको स्काभेटर आगलागीमा संलग्न केही मानिसको नाम आएको र उनीहरुको खोजी र घटनाको थप अनुुसन्धान भइरहेको जनाएको छ ।

यसअघि भएको स्काभेटरमा आगजनीको घटनाको समेत अनुसंधान भईरहेको पनि प्रहरीले जनाए । रौतहटमा पटक पटक–सडक निर्माणको क्रममा स्काभेटरमा अज्ञात समूहद्धारा आगजनीका घटनाहरु हुनु र दोषी पक्राउ नहुनुले प्रदेश २ का नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष तथा निर्माण व्यवसायी सहदेव खडका सहितको टोलीले आज गृहमन्त्री रामबहादुर थापासँग भेटघाट गरी घटनाबारे ध्यानाकर्षण गराएको छ ।

भेटघाटको क्रममा गृहमन्त्री थापाले घटनामा संलग्न दोषीलाई पत्ता लगाई कानुनी दायरामा ल्याउन प्रहरीलाई कडा निर्देशन दिएको पूर्वमन्त्री तथा प्रदेश अध्यक्ष प्रभु साहका स्वकीय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्