Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईपीएल : दोस्रो क्वालिफायरका लागि चेन्नई र दिल्ली भिड्दै

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को दोस्रो क्वालिफायर खेलमा शुक्रबार दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्‍सको सामना गर्दैछ ।

पहिलो इलिमिनेटर राउन्डमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको दिल्लीको खेलमा जित निकाल्दै फाइनल प्रवेश गर्ने योजनामा छ ।

दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुशार ७:४५ मा सुरु हुनेछ । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम दिल्लीले फाइनलमा स्थान बनाउँदै नयाँ इतिहास बनाउने योजनामा छ ।

दिल्लीले समूह चरणको खेलमा चेन्नईलाई ८० रनले पराजित गरेको थियो । शुक्रबारको खेलमा पनि दिल्लीलाई यो नतिजाले हौसला प्रदान गर्नेछ । तर, साविक विजेता चेन्नई समूह चरणमा भएको हारको बदला लिँदै फाइनलमा स्थान बनाउने पक्षमा हुनेछ ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्