Logo
८ बैशाख २०८१, शनिबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिराहामा मानसिक तथा घरेलु हिंसाको सिकार बन्दै महिला

लहान : सिराहा जिल्लामा दिन प्रतिदिन महिला हिंसा तथा घरेलु हिंसामा बृद्दी भईरहेको देखिएको छ । दाइजोका कारण नै विवाहित महिला मानसिक तथा घरेलु हिंसाको सिकार बनिरहेको देखिएको हो । सिराहाको सन् २०१८ को तथ्याक अनुसार जिल्लाका विभिन्न ठाउँमा ६ जना महिलाको हत्या भएको छ । त्यस्तै चालु आर्थिक बर्षमा सात सय भन्दा बढी महिला हिंसाको घटना भएको छ।

सिराहामा यसै वर्षमात्रै पनि ३ जना महिलाको हत्या भएको छ । जिल्लाको सिरहा नगरपालिका,मिर्चैया नगरपालिका ,कल्याणपूर नगरपालिकामा भएको घटनामा माइती पक्षले हत्या भएको किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) माधवराज खरेलले बताए ।

सिराहामा ८ नगरपालिका र ९ गाउँपालिका गरी जम्मा १७ ओटा स्थानीय तह छ । प्राय सबै स्थानियतहहरुमा महिला हिंसाका घटनाहरु भए पनि कतिपय घटना बाहिर नआएको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहामा आर्थिक वर्ष २०७५-०७६ चैत सम्म जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुमा ३ साय ९८ घरेलु हिंसा र ३ सय ४४ महिला हिंसासम्बन्धी उजूरी दर्ता भएका छन् ।

दाईजोकै कारण अधिकान्स हिंसाका घटना हुने समाजको दुखेसो रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।प्राय सबै स्थानियतहहरुमा महिला हिंसाका घटनाहरु भए पनि कतिपय घटना बाहिर नआएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्