Logo
१२ बैशाख २०८१, बुधबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्राइडे सोलो रिलिजमा ‘पसिना’

काठमाडौं :   गतसाता झै आज शुक्रबारबाट पनि एक मात्र फिल्म प्रदर्शनमा आएको छ । फिल्म हो ‘पसिना’ । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको ‘पसिना’ देशभर प्रदर्शनमा आएको हो ।

यद्यपि फिल्मले देशभरका चलचित्र भवन भने एक्लै पाएको छैन । किनभने अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘दालभात तरकारी’ले अझै केही स्टेशनमा निरन्तरता पाएको छ ।

‘पसिना’ आर। बि खत्री ‘शरद’को निर्देशनमा तयार भएको हो । गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मले ‘गरौ सत्कर्म, बगाऊ पसिना’ भन्ने नारा बोकेको छ ।

शान्ता ढकाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय महतो हुन् । फिल्ममा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राईको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द्व रहेको छ ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्