Logo
१५ चैत्र २०८०, बिहीबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुकुममा प्रहरीद्वारा हवाई फायर, विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं : रुकुम प्रहरीले हवाई फायर गरेर रुकुम पश्चिममा विप्लवनिकट नेकपाका युवा संगठन जिल्ला अध्यक्ष प्रकाउ गरेको छ । रुकुमको चौरजहारी नगरपालिका-५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लवनिकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

शर्मालाई पक्राउ गर्ने क्रममा एकजना प्रहरी घाइते भएको खड्काको भनाइ छ । चन्दा आतंक मच्चाइरहेको र विकास निर्माणका काममा अवरोध गर्ने गरेकोले शर्मालाई पक्राउ गरिएको खड्काले जानकारी दिए।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्