Logo
८ बैशाख २०८१, शनिबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डियन प्रिमियर लिग : फाइनल प्रवेशका लागि आज दिल्लीले चेन्नाईसँग खेल्दै, सन्दीप बेन्चमै !

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि आज दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ ।

भिसखापट्नाममा आज राति ७ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा दुबै टिम जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् । यी दुई टिमको विजेताले फाइनलमा उपाधिका लागि मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

दिल्ली लिग चरणको हारको बदला लिने लक्ष्यमा हुनेछ । यता चेन्नाई भने लिग चरणमा पाएको सफलतालाई निरन्तरता दिन चाहन्छ । लिगचरणको दुबै खेलमा दिल्ली चेन्नाईसँग फराकिलो अन्तरले पराजित भएको छ ।

पहिलो खेलमा दिल्ली चेन्नाईसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पनि दिल्ली ८० रनले पराजित भयो । समूह चरणको नतिजालाई हेर्ने हो भने दिल्लीभन्दा चेन्नाई बलियो टिम हो । आईपीएलको दोस्रो स्थानमा रहंदै पहिलो क्वालिफायर खेलेको चेन्नाई मुम्बईसँग पराजित हुदै दोस्रो क्वालिफायरमा धकेलिएको थियो । मुम्बईसँग चेन्नाई ६ विकेटले पराजित भएको थियो ।

यता, इलिमिनेटर राउण्डको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्