Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिपन्न तथा जेहेन्दार छात्र छात्राहरूलाई शैक्षिक सामाग्री र पोसाक बितरण

सुनसरी : सुनसरीको हरिनगर गाउपालिका ६ न.वडाका विभिन्न बिपन्न गरिब जेहेन्दार छात्र छात्राहरू लाई शैक्षिक सामाग्री र पोसाक बितरण गरिएको छ ।

समाजिक बिकासका लागि एक्यवद्धता नेपाल (एलाइन्स-नेपाल) को आयोजना र हरिनगर गाउँपालिक ६ न.वडा कार्यलयको सहयोगमा वडा न.६ घुस्कीको विभिन्न बिध्यालय तथा मद्रसाका २० जना बिपन्न जेहेन्दार छात्र छात्राहरू लाई शैक्षिक सामग्री पोसाक तथा छात्रवृत्ति बितरण गरिएको हो ।

कार्यक्रम संयोजक अशोक कुमार उराँवले सो कार्यक्रमबाट गरिब वर्गका बालबालिकाहरुमा पढ्ने र स्कुल जाने हौसला बड्ने र परिवार समेत खुसी हुने बताए ।

बितरण कार्यक्रम घुस्कीको स्वास्थय चौकीको सभा हलमा गरिएको थियोे ।

कार्यक्रमको प्रमुख अतिथिमा ६ न.वडा अध्यक्ष इशराइल अन्सारी, अतिथी घुस्की प्रहरी चौकी प्रमुख भिम खड्का , सशस्त्र प्रहरी प्रमुख जहङ चौधरी , वडा सचीव शमिम अन्सारी, वडा सदस्य दाउद जुबेर अन्सरी डा. रिजवान अन्सरी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्