Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुश्मनी बिर्सिएर सलमान र अर्जुन एकसाथ देखिने

मुम्बई :  लामो समयदेखिको तिक्ततालाई भूल्दै बलिउड नायक सलमान खान र अर्जुन कपुर सुपरहिट चलचित्र ‘नो इन्ट्री’ को सिक्वेलमा देखिने भएका छन् ।

केही वर्षदेखिको दुश्मनीलाई भूल्दै अर्का नायक शाहरुख खानसँग सम्बन्ध सुधारेका सलमानले अर्जुन कपुरसँगको शीत युद्ध समाप्त गरेका छन् ।

उनीहरुले एउटै प्रोजेक्टमा काम गर्दै छन् । १४ वर्ष अगाडिको चलचित्र नो एन्ट्रीको सिक्वेलमा उनीहरुले एक साथ काम गर्न लागेका हुन् । बोनी कपुरको उक्त प्रोजेक्टमा सलमान र अर्जुनले सँगै काम गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त चलचित्रको छायांकन यसै वर्षको अन्त्य वा आगामी नयाँ वर्षको पहिलो महिनाभित्रमा शुरु हुने बताइएको छ । नो इन्ट्रीमा फरदिन खानले निर्वाह गरेको चरित्रमा अर्जुन कपुरलाई कास्ट गरिने सम्भावना छ । चलचित्रमा सलमान र अर्जुन गुरु चेलाको भूमिकामा देखिने बताइएको छ ।

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्