Logo
१२ बैशाख २०८१, बुधबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकनारायण भण्डारीको ‘छिपछिपे पानीमा लेउ’ सार्वजनिक

काठमाडौँ : गीतकार तथा संगीतकार एकनारायण भण्डारी नयाँ गीतका साथमा स्रोता तथा दर्शक माझ आएका छन् ।

‘छिपछिपे पानीमा लेउ’ बोलको गीत बिहिबार बिहान भण्डारीले आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् । लोक होस् या आधुनिक भण्डारीका शब्द र संगीतले सबैको मन जित्न सफल भएका छन् ।

भण्डारीको शब्द तथा संगीत रहेको उक्त गीत बिष्णु माझी र पिताम्बर जिसीले गाएका हुन् । सार्वजनिक गीतमा संगीत संयोजन भने आशिष अबिरको रहेको छ । उनको संगीत संयोजनको पक्ष पनि उत्तिकै अब्बल हुने गर्छ ।

एक पछि अर्को दोहोरी गीतहरु प्रतिस्पर्धामा आइरहेको बेला एकनारायण भण्डारीको सिर्जनामा नयाँ गीत बजारमा आएको हो ।

गीतको म्यूजिक भिडियो प्रकाश भट्टले निर्लेशन गरेको हुन् । भिडियोमा अभिनेता दिलीप रायमाझी तथा अभिनेत्री सुरक्षा पन्तलाई देख्न सकिन्छ । गीतको म्यूजिक भिडियो बिष्णु शर्मामाले सम्पादन गरेका छन् ।

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्