Logo
७ बैशाख २०८१, शुक्रबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘न्यायमूर्तिले अनुहार हेरर होइन, निर्मम ढंगबाट फैसला गर्नुपर्छ’ : मुख्यमन्त्री पौडेल

हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्याय दिने क्रममा बिभिन्न समयमा संस्थाको गरिमा नै संकटमा पर्ने गरी हुने फैसलाप्रति सचेत रहनुपर्ने बताएका छन् ।

प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहीबार कानून दिवसमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले भने, ‘न्यायमूर्तिले अनुहार हेरर होइन, निर्मम ढंगबाट फैसला गर्नुपर्छ, मेरो र तेरोभन्दा पनि सही के हो त्यो आधारमा काम गर्न सकिएमात्र गरिमा बढ्छ ।’

उनले न्यायालयमा सबैको समान पहुँच भए मात्रै न्याय हुनेमा जोड दिए । उनले प्रदेशमा कानून निर्माणको काम भैरहेको भन्दै सरकारको गति बढाउनका लागि आवश्यक कानून निर्माण छिटो गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले राजनीतिक घटनाक्रम अनुसार कानून परिवर्तन नहुँदा जनताको न्यायालयप्रति विश्वास घटेको बताए ।

समयक्रमअनुसार कानून निर्माण गर्ने व्यक्ति र कार्यान्वयन गर्ने निकाय पनि परिवर्तन हुनुपर्ने बताए । ‘भनसुनको आधारमा न्याय दिने, पहुँच नभएकाहरुलाई हेप्ने संस्कार फेर्नु पर्छ,’ मन्त्री जम्मकट्टेलले बताए ।

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्