Logo
१२ बैशाख २०८१, बुधबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्रेकअपको ३ वर्षपछि क्याटरीनाले खुलाइन् रणवीरको यस्तो सेक्रेट

मुम्बई :  बलिउड अभिनेत्री क्याटरीना कैफ पछिल्लो समय आउँदै गरेको फिल्म ‘भारत’ को प्रचारमा व्यस्त छिन् । यसै सिलसिलामा उनी भारतीय मिडियामा छाइरहेकी छिन् ।

उनी निकै व्यस्त भए पनि सामाजिक सञ्जालमा पनि उनी सक्रिय रहने गर्छिन् । उनले सन् २०१७ देखि आफ्नो इन्स्टाग्राम खाता बनाएकी थिइन् ।

क्याटरीनालाई एक पत्रकारले सोधे, के उनी ती व्यक्तिलाई ख्याल गर्छिन्, जसले फेक खाता प्रयोग गर्ने गर्छन् रु प्रश्नको उत्तरमा क्याटरीनाले भनिन् नाइँ । जहाँसम्म कि, उनका साथ आफ्नो एक्स ब्याइफ्रेन्ड रणवीर कपूरका बारेमा भने एक सेक्रेट बताइन् ।

क्याटरीनाले भनिन्, ‘मैले त फेक खाताको एकाउन्ट प्रयोग गर्दिन तर मलाई थाहा छ कि, रणवीरले फेक खाता प्रयोग गर्ने गर्छन्, ताकि उनी सबैको बारेमा जान्न सकून् ।’

क्याटरीनाले रणवीर कपूरले नै आफूलाई इन्स्टाग्राम सिकाएको पनि खुलासा गरिन् । दुवैले बिहे नै गर्ने योजना बनाएका थिए । यी दुईले लामो समयसम्म एक दोस्रोसँग डेट गरेका थिए । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन । पछि दुवै अलग भए । केही दिनपहिले मात्र ब्रेकअपलाई लिएर क्याटरीनाले आफूले ब्रेकअप हुनुको जिम्मा लिएको बताएकी थिइन् ।

पछिल्लो समय रणवीर कपूर आलिया भट्टसँग डेट गरिरहेका छन् । यता क्याटरीना कैफ अझै पनि सिङ्गल छिन् ।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्