Logo
१२ बैशाख २०८१, बुधबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिप्रेसनसँग लड्न ब्रिट्नीले लिइन् बिकिनी योगको सहारा

एजेन्सी :  कुनै समय आफ्नो गायनले हलिउडमा एकछत्र राज गरेकी ब्रिट्नी स्पेयर्स अहिले इन्टरनेटमा छाएकी छिन् । डिप्रेसनबाट मुक्तिका लागि बिकिनी लगाएर योग गर्दै गरेको उनका फोटा भाइरल भएका छन् ।

डिप्रेसनपछि लामो समयको रिह्याबबाट निस्किएर उनले योग गर्न थालेकी हुन् । ब्रिट्नी आफैँले योग गर्दै गरेको भिडियो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेपछि यतिवेला इन्टरनेटमा भाइरल भइरहेको छ ।

प्रशंसकले तस्बिरमा ब्रिटनीको निकै तारिफ गरिरहेका छन् । कतिले ‘क्विन इज ब्याक’ (रानीको फिर्ती) लेखेका छन् भने कतिले उनको फिटनेसको तारिफ गरिरहेका छन् ।

बुबाको मृत्युपछि डिप्रेसनमा गएकी ब्रिटनी त्यसबाट निस्कनका लागि ब्रिटनी रिह्याब सेन्टर गएकी थिइन् । अहिले ब्रिटनी रिह्याबबाट फिर्ता भइसकेकी छिन् ।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्