Logo
७ बैशाख २०८१, शुक्रबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

च्याम्पियन्स लिगमा बार्सिलोनाको लज्जास्पद हार, लिभरपुल फाइनलमा

एजेन्सी : इङ्लिस प्रिमियर क्लब लिभरपुल युएफा च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा बार्सिलोनालाई ४–० ले हराउँदै लिभरपुल फाइनलमा पुगेको हो ।

प्रतियोगिताको इतिहासमै सम्झनलायक पुनरागमन गरेको लिरभपुलले पहिलो लेगमा भोगेको ३–० को हार बिर्साउँदै समग्रमा ४–३ को नतिजासहित फाइनल प्रवेश गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई विजयी गराउन डिभोक ओरीगी र जर्ज्निियो वहाल्दमले दुई–दुई गोल गरे । लिभरपुल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको हो । गतवर्ष लिभरपुललाई स्पेनको रियाल मड्रिडले फाइनलमा ३–१ ले हराएको थियो ।

लिभरपुलले यो वर्षको उपाधिका लागि टोटनह्याम हट्सपर र आयाक्स एम्सटरडमबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

पहिलो लेगमा १–० को हार वेहोरेको टोटनह्यामले आज राति आयाक्ससँग दोस्रो लेगको खेल खेल्दैछ । च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आगामी जुन १ तारिखमा स्पेनको राजधानी मड्रिडमा हुनेछ ।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्