Logo
१२ बैशाख २०८१, बुधबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महेन्द्र मेमोरियल एकेडेमीलालाई राष्ट्रपती रनिङ् शिल्डको उपाधि 

दुहबी नगरपालिकाद्वारा आयोजित नगरपालिका स्तरिय अन्तर बिद्यालय राष्ट्रपती रनिङ् शिल्ड खेलकुद प्रतियोगितमा महेन्द्र मेमोरियल एकेडेमीले कवड्डी, भलिवल र एथलेटिक्समा खेलहरुमा १४ स्वर्ण ९ रजत र ३ कास्य
पदक हासिल गरी नगरपालिका प्रथम हुन सफल भएको छ ।

प्रतियोगितमा महेन्द्र मेमोरियल एकेडेमी बिजेता भई राष्ट्रपती रनिङ् शिल्ड हात पारेको छ । यसैगरि जनता मावि दुहवी १० सिमरिया दोश्रो हुँन सफल भएको छ । दुहवी ८ सोनापुरको थर्ड आइ पब्लिक स्कुल तेश्रो भएको छ ।

थर्ड आइले २ स्वर्ण ६ रजत र ८ कास्य पदक सहित साथ तेस्रो स्थान हासिल गरेको हो । दुहबी रंगशालामा बैशाख २२ गतेदेखि सुरु भएको खेलकुद प्रतियोगिता बैशाख २४ गते मंगलवार समापन कार्यक्रमका प्रमुख अतिथि दुहवी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल (साह) ले सो प्रतियोगिता मा विजयी हुने खेलाडी विद्यार्थी हरुलाई एक कार्यक्रमका बिच पदक तथा प्रमाण पत्र र ट्रफी वितरण गरेकी थिइन ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्