Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बाख्राको खोर’ जस्तो गोरखापत्रको कार्यालय, सुधार नभए सुविधा नबढाउने : सञ्‍चारमन्त्री

काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गोरखापत्र संस्थानको काम कार्वाहीप्रति असन्तुष्टि जनाएका छन्। मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीको विकल्प खोज्ने चेतावनीसमेत दिए।

उनले गोरखापत्र संस्थानका कर्मचारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै तत्काल सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था आउनेतर्फ सचेत गराए।

गोरखापत्र प्रकाशनको १ सय १९ औं वर्ष प्रवेश तथा चौंथो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आक्रोश पोखेका हुन्।

गोरखापत्रका कर्मचारीले पेन्सन खाने तर संस्थानको काममा सुधार नहुने कुरालाई अन्त्य गरेर अघि बढ्ने योजना पनि ल्याए। गोरखापत्र संस्थानको घरलाई ‘बाख्राको खोर’को संज्ञा दिँदै मन्त्री बास्कोटाले त्यसलाई भत्काएर नया भवन निर्माण गर्ने पनि बताए।

‘गोरखापत्र संस्थापनको बाख्राको खोरजस्तो कार्यालय भत्काएर अर्को बनाउनेदेखि अन्य सबै कुरा ‘प्लानिङ’का साथ अघि बढ्नुपर्छ’। मन्त्री बास्कोटाले भने।

मन्त्री बास्कोटाले गोरखा पत्र संस्थानलाई पढौं-पढौं लाग्ने बनाउन इमान्दारीपूर्वक काम गर्न पनि कर्मचारीहरुलाई सचेत गराए। गोरखा पत्र संस्थान चुनौतीको घेरामा रहेको उल्लेख गर्दै मन्त्री बास्कोटाले त्यसलाई मुनाफामा परिणत नगरेसम्म सरकारले त्यहाँका कर्मचारीहरुलाई थप सुविधा दिन नसक्ने स्पष्ट पारे।

मन्त्री बास्कोटाले इमान्दार भएर काम गर्नु नै लोकतन्त्र भएको उल्लेख गर्दै त्यसैबाट मात्रै हरेकको सम्मान हुने पनि बताए। कार्यक्रममा मन्त्री बास्कोटाले कामै नगरेको भन्दै हुलाक कार्यालयप्रति आक्रोश पोखे।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्