Logo
११ बैशाख २०८१, मंगलबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्बौँ नाफा कमाइरहेका नेपालका यी ४ प्रतिष्ठित बैंक

काठमाडौं :  चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकले ५४.६५ प्रतिशतले नाफा वृद्धि गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । यस्तै स्ट्याण्डर्ड चार्टड बैंकले ११.६२ प्रतिशत नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल बंगलादेश बैंकले यो त्रैमासमा १ अर्ब १४ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ ।

यो गत वर्षको यसै अवधिको तुलनामा ५४. ६५ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत वर्ष ७३ करोड ८० लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको कूल सञ्चालन आम्दानी २ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ भएको छ । बैंकले ग्राहकबाट ५१ अर्ब ६२ करोड २७ लाख रुपैयाँ ऋण लगानी गर्दा निक्षेप संकलन भने ५६ अर्ब ६ करोड १५ लाख रुपैयाँ भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी १८.८२ रुपैयाँ छ । बैंकको आधार मूल्य घटेर १०.६९ प्रतिशतमा आइपुगेको छ । गत वर्षको यसै अवधिमा ११.६० प्रतिशत थियो । यता, स्ट्याण्डर्ड चार्टड बैंकको नाफा १ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ छ । यो गत वर्षको तुलनामा ११.६२ प्रतिशतले नाफा बढेको हो ।

गत वर्षको यसै अवधिमा बैंकको नाफा १ अर्ब ५५ करोड ३७ लाख रुपैयाँ थियो । स्ट्याण्डर्ड चार्टड बैंकले ब्याज आम्दानीबाट ४ अर्ब ६५ करोड ऋण लगानी गरेको छ भने ७० अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको बेस रेट ७.७४ प्रतिशत छ भने प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा (वार्षिक) रहेको छ ।

नबिल बैंकले पनि नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको छ । नबिलको नाफा ३.१७ प्रतिशतले मात्र वृद्धि भएको छ । बैंकले यस अवधिमा ३ अर्ब १९ करोड १० लाख ७१ हजार खुद नाफा कमाएको छ ।

जबकी गत वर्षको यसै अवधिमा बैंकको नाफा ३ अर्ब ९ करोड २७ लाख ६६ हजार रुपैयाँ थियो । बैंकले खुद बयाज आम्दानीबाट ५ अर्ब ४१ करोड कमाएको छ । यो १८.३८ प्रतिशतले बृद्धि हो । यसको प्रतिसेयर आमदाअबानी भने घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६९ पैसा रहेको छ ।

यस्तै लक्ष्मी बैंकले पनि १ अर्ब २ करोड ९६ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत वर्ष ८६ करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो । लक्ष्मीले ब्याज आम्दानीबाट २ अर्ब १९ करोड रुपैयाँ कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा छ । यो गत वर्षको तुलनामा २ रुपैयाँले बढेको हो । बैंकको बेस रेट १०.२६ प्रतिशत छ ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्