Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम र नयाँ शक्तिको ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर, ‘सरकारको दिनगन्ती सुरु’

काठमाडौं : डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएको छ। काठमाडौंको प्रज्ञाभवनमा आयोजित घोषणासभामा भट्टराई र यादवले एकताबारेको ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे ।

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । यादव नेतृत्वको फोरम अहिले सरकारमा पनि सहभागी छ । फोरम र नयाँ शक्ति एकता वार्ता यादव सरकारमा गएपछि अड्किएको थियो ।

नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो ।
यादवले संविधान संशोधनसहितका माग पूरा गर्न सरकारमा गएको बताउँदै आएका छन् ।

अब पार्टी एकीकरण भएपछि सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने सहमति भएको बताइएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका भट्टराई आफैं एकमात्र सांसद छन् ।

यसअघि स्थानीय तहको निर्वाचनका बेला पनि फोरम र नयाँ शक्तिबीच एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । तर, नेतृत्वमा सहमति नहुँदा दुई पार्टीबीचको एकता प्रक्रिया रोकिएको थियो ।

http://45.77.46.207/2019/05/88531/

प्रकाशित मिति: May 6, 2019

प्रतिक्रिया दिनुहोस्