Logo
७ बैशाख २०८१, शुक्रबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को राजधानी विराटनगरमै राख्ने नेकपा संसदीय दलको निर्णय

विराटनगर : प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम हुने भएको छ । नेकपा संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो ।

संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले भने ‘राजधानी विराटनगर रहने कार्यपालिका, व्यवस्थापिका लगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने निर्णय भएको छ ।

अब यससम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गर्ने नेकपाले जनाएको छ ।

प्रदेशको राजधानी प्रदेश सभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत छ ।

 

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्