Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को राजधानी र नाममा विवाद, राजधानी माग गर्दै अब धरानबासीहरु सडकमा

मोरङ : नेकपाको प्रदेशस्तरीय बैठकले शुक्रबार विराटनगर र इटहरीलाई जोडेर प्रदेशको राजधानी बनाउने सन्दर्भमा सहमति दिएपछि धरानका स्थानीयहरु प्रदर्शनीमा उत्रिएका छन्।

आइतबार दिउँसोदेखि राजनैतिक दलका नेता कार्यकर्ता, नागरिक समाजका अगुवा, जनप्रतिनिधि र धरानका बासिन्दाहरु सिट्ठी जुलुससहित प्रदर्शनमा उत्रिएका हुन।

बिराटनगरमा गएको साता दिनदेखि जारी सत्तारुढ दल नेकपाको प्रदेश कमिटि बैठक, सरकारसंग, सांसदहरुसँगको बैठकबाट तरङ्गित भएको थियो।

प्रदेशसभा भवन अघि प्रदर्शन र नाराजुलुस थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनमा उत्रिएकाहरुले प्रदेश १ का मुख्य शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी समेतलाई राजधानीको माग गर्दै ज्ञापन पत्र पनि बुझाएका छन्।

यसअघि, स्थायी राजधानीका लागि मोरङको विराटनगर, सुनसरीको इटहरी र धनकुटा आन्दोलित छन्। धरानसँग राजधानी माग गरेर आन्दोलन गर्ने सहरको संख्या चार पुगेको छ।

सोही क्रममा उपमेयर मञ्जु भण्डारीले चौतर्फी रुपमा राजधानीको माग उठिरहेका बेला धरानलाई भने उपेक्षा गर्न लागिएको गुनासो गरेकी थिइन्।

स्वास्थ्य, शिक्षा, पर्यटन र भौगोलिक हिसावले पनि धरान प्रदेशको राजधानी बनाउन उपयुक्त रहेको संघिय लिम्बूवान पार्टीका सुनसरी अध्यक्ष अमर इजमले बताएका छन्।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्