Logo
१३ बैशाख २०८१, बिहीबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइतबारदेखि धनगढी विमानस्थल एक महिना बन्द

धनगढी : धनगढी विमानस्थल आइतबारदेखि एक महिनाका लागि बन्द गरिएको छ ।

धावनमार्गको स्तरोन्नतिका लागि जेठ २१ गतेसम्म विमानस्थल बन्द गरिएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए । यो अवधिमा विमानस्थलको धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तार गरिने उनको भनाइ छ ।

आइतबारदेखि निर्माण कम्पनीले काम सुरु गरिसकेको छ। १० वर्षमा धावनमार्गको स्तरोन्नति गर्नुपर्ने भए पनि विगत १४ वर्षदेखि धावनमार्गको स्तरोन्नति गरिएको छैन । लामो समयदेखि धावनमार्ग सुधार नहुँदा ७ सय मिटर धावनमार्गमा समस्या देखिएको छ। झण्डै २२ करोडको लगानीमा धावनमार्ग सुधार र पार्किङ क्षेत्र विस्तार लगायतको काम हुनेछ ।

विमानस्थलको स्तरोन्नति गर्न लुम्बिनी, कोसी एण्ड न्यौपाने, खड्का, कोइराला जेभी काठमाडौंले १७ करोड ८८ लाखमा ठेक्का पाएको छ । ६० मिटर चौडाई र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग रहेको धनगढी विमानस्थलको धावनमार्गमा थप कालोपत्रे गरिनेछ भने दुवैतर्फ २ र २ मिटर धावन मार्ग फराकिलो बनाइनेछ ।

अहिले ३ वटा जहाजको मात्रै पार्किङको व्यवस्था छ । अब थप एक जहाज पार्किङ गर्न मिल्नेगरी पार्किङ क्षेत्र विस्तार गरिने विमानस्थलले जनाएको छ । अहिले धनगढी काठमाडौं ५ वटा जहाजले उडान भर्ने गरेका छन् । विमानस्थल एक महिनाका लागी बन्द भएपछि यात्रुहरु भने मर्कामा परेका छन ।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्