Logo
१२ बैशाख २०८१, बुधबार
(May 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम नेपालका नेताद्वारा कार्यकक्षमै कुटिए वडाध्यक्ष

जनकपुर : संघीय समाजवादी फोरम नेपालका नेताद्वारा जनप्रतिनिधि कुटपिट गरेको आरोप लागेको छ ।

फोरमका नेता राजकिशोर महतोले धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरालाल महतोलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेको हो ।

प्रदेश नम्बर २ सरकारले सशर्त अनुदान अन्तर्गत गाउँपालिकालाई उपलब्ध गराएको ५० लाख रुपैँयाको योजनाबाट आफूलाई दिन दवाव दिएपछि उत्पन्न विवादले उग्ररुप लिदा राजकिशोरले हिरालालमाथि ईट्टा प्रहार गरेको बताइएको छ । इटा प्रहारबाट उनको हातमा चोट लागेको छ

कार्यालयमा छलफल चलिरहँदा राजकिशोर एकाएक आएर अनावश्यक बखेडा झिकेकोपछि विवाद भएको थियो । सोही क्रममा आफूमाथि इट्टा प्रहार गरेको वडाध्यक्ष हिरालालले बताए ।

यता राजकिशोरले भने वडाध्यक्षले थप्पड हानेपछि आफूले पनि ईट्टा प्रहार गरेको प्रतिक्रिया दिएका छन् । राजकिशोर गत प्रदेशसभा निर्वाचनमा फोरमको तर्फबाट उम्मेदवार समेत रहेका थिए ।

प्रकाशित मिति: May 4, 2019

प्रतिक्रिया दिनुहोस्