Logo
१२ बैशाख २०८१, बुधबार
(May 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीहरुद्वारा बारा-पर्सा हावाहुरीपीडितका घर बनाउने कामको शिलान्यास

पर्सा : बारा-पर्सा हावाहुरीपीडितका घर बनाउने काम शनिबारबाट विधिवत रुपमा सुरु गरिएको छ । गएको चैत १७ गते आइतबार साँझ आएको टोर्नाडो (हावाहुरी) ले क्षति पुर्‍याएका पर्सा बारा पीडितको घर बनाउने काम शनिबारबाट विधिवत रुपमा सुरु गरिएको हो ।

घर बनाउने कार्यको लागि १२ वटा समूह बनाई दुवै जिल्लामा एकसाथ काम हुने वीरगन्जमा रहेको नेपाली सेनाको चण्डीप्रसाद गणका मुख्य सेनानी सृजन मल्लले बताए । यो कार्यका लागि नेपाल सरकारका पनि ठूलो संख्यामा मन्त्रीहरु क्षति प्रभावित बारा पर्सामा पुगी घर बनाउने कार्यको शिलान्यास भइसकेको उनले बताए ।

नेपाली सेनालाई बर्षात् अगावै पीडितका घर बनाउने जिम्मा दिएको केन्द्र सरकारका आधादर्जन मन्त्रीहरुले प्रदेश र स्थानीय सरकारलाई पनि सहयोग गर्न आह्वान गर्दै घर प्रारम्भको शिलान्यास गरे । सबैको सहयोग विना पीडितले समयमा नै घर पाउन नसक्ने हुँदा यो काम कस्ले गर्ने नगर्ने ? भन्ने नभई समयमा नै पूरा गर्न सबैको सहयोग हुनुपर्ने मन्त्रीहरुको भनाइ छ ।

घरको शिलान्यास गर्न नेपाल सरकारका उपप्रधान मन्त्रीद्वय ईश्वर पोख्रेल र उपेन्द्र यादव, तथा गृहमन्त्री राम बहादुर थापा मगर सहित १ दर्जन मन्त्रीहरु बारा जिल्लामा पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक हेम बहादुर शाहीले बताए । उपप्रधान तथा रक्षमन्त्री पोख्रेलले बाराको पुरैनिया, उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले बाराको चैनपुरमा र गृहमन्त्री थापाले खुटुवा जब्दीमा पुगी पीडितका घरको शिलान्यास गरेको उनको भनाइ छ ।

पर्सामा पनि नेपाल सरकारले बनाइदिने भनिएका ९१ वटा घर मध्ये वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा रहेको पुलकल साह कानुको घर उर्जा मन्त्री बर्षमान पुनले शिलान्यास गरे । पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीमा खानेपानी मन्त्री बीना थापा मगरले पीडितको घर शिलान्यास गरिन् ।

शनिबार बिहानै नेपाल सरकारका उर्जा तथा खानेपानी मत्री बर्षमान पुन र बीना मगर पर्सामा पुगी पीडितका घर शिलान्यास गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए । अब कामले तिब्र गति लिन्छ सूचना अधिकारी समेत रहेका उनले भने।

पर्सा बारामा गरी कुल १ हजार ४५३ वटा घर बनाइसक्नु पर्ने जिम्मेवारी नेपाली सेनालाई रहेको नेपाली सेनाको चण्डीप्रसाद गण वीरगन्जका प्रमुख सेनानी सृजन मल्लले बताए । कुल घर मध्ये पर्सामा ९१ वटा र बारामा १ हजार ३६२ वटा बनाउनले जिम्मा नेपाली सेनाले पाएको छ ।

नेपाली सेनाले पाएको जिम्मेवारीअनुसार बनाउने घरको शनिबार नेपाल सरकारका मन्त्रीहरु नै प्रभावित क्षेत्रमा पुगी विधिवत शुभारम्भ भएको उनको भनाइ छ ।

प्रकाशित मिति: May 4, 2019

प्रतिक्रिया दिनुहोस्