Logo
६ बैशाख २०८१, बिहीबार
(May 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ वटा ट्रक एक आपसमा ठोक्किदा १० जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर : मकवानपुरको मनहरीमा दुर्घटना भएको छ । मनहरीमा गाउँपालिका वडा नं ९ स्थित जैसिङमा तीनवटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा १० जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर छ ।

हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।

दुई ट्रक ठोक्किएपछि नारायणगढतर्फबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक पनि ठोक्किएर दुर्घटना भएको हो । बिहान साढे ९ बजेको समयमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेहरुको उद्दार गरी ६ जनालाई उपचारको लागि चितवनको भरतपुर पठाइएको र ४ जनाको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि चितवन पठाउने तयारी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेको नामावली प्राप्त हुन सकेको छैन । घाइते हुनेमा तीनै ट्रकका चालक सहचालक र केही यात्रु पनि छन् । एक ट्रकले अर्कोलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि अवरुद्ध भएको राजमार्ग अहिले खुलाइसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति: May 4, 2019

प्रतिक्रिया दिनुहोस्