Logo
१३ बैशाख २०८१, बिहीबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संगीतकार टम्पशेरको ‘आज लोउ तिमि छौं’ गीतको भिडियो सार्वजनिक

काठमाडौं : गायक तथा संगीतकार टम्पशेर राईको शब्द संगीतमा रहेको ‘आज लोउ तिमि छौं’ गीतको भिडियो सार्वजनिक भएको छ ।

नान्दु गुरुङको स्वरमा रहेको यस गीतमा पावन चाम्लिङ राईको एरेन्ज रहेको छ । निकेश खड्काको निर्देशनमा रहेको गीतमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

लामो समयसम्म रेडियोमा काम गर्दै आएका संगीतकार टम्पशेर राईले पछिल्लो समयमा स्टेज कार्यक्रम सञ्चालकको रुपमा निकैनै लोकप्रियता कमाएका छन् । राईले दर्जन भन्दा बढी गीतहरु लेखिसकेका छन् भने त्यतिकै गीतमा संगीत र स्वर भरेका छन् ।

संगीतकार टम्पशेर राईले पछिल्लो समयमा आफ्नै शब्द संगीत र स्वरमा धेरै म्युजिक भिडियोहरु बजारमा ल्याइसकेका छन् ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्