Logo
१२ बैशाख २०८१, बुधबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवप्रति प्रदेश २ मा जनआक्रोश बढ्दै, रेणु यादवको नेतृत्वमा फोरम फुटाउने तयारी

उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवप्रति प्रदेश २ मा जनआक्रोश बढेको छ। उनले नेतृत्व गरेको पार्टी संघीय समाजवादी फोरमकै प्रदेश २ का नेता कार्यकर्ता उनीविरुद्ध आक्रोशित भएका हुन्।

यादवले पार्टीकी संस्थापक नेतृ रेणु यादवलाई पाखा लगाएपछि पार्टीभित्र नेतृत्वप्रति आक्रोश बढेको हो। पार्टीको केन्द्रीय उपाध्यक्ष रेणुलाई उपेन्द्रकै ग्राण्ड डिजाइन अनुसार प्रदेश कमिटी संयोजक र अहिले त्यसबाट पनि हटाइएकी छिन्।

रेणु फोरम स्थापना हुँदादेखि उपेन्द्रसँग सहकार्यमा छिन्। पार्टीका नेताहरुका अनुसार दुबै जना एकदम नजिक भएर काम गर्दै आएका छन्। अवसरहरुमा दुबैले भागण्डा समेत गर्थे। एकसमय उनीहरु सम्बन्धमा रहेको चर्चा समेत चुलिएको थियो।

तर, अहिले भने उपेन्द्र रेणुलाई निरन्तर पाखा लगाउँदै हिडेका छन्। यसो हुनुको कारण रेणुको मधेसको एजेण्डा स्थापित गराउन पार्टीभित्रको संघर्ष नै हो।

स्थानीय नेता कार्यकर्ता भन्छन्, रेणुजी मधेसको सच्चा नेता हो। उहाँ सरकारमा जानुहुन्न भन्ने धारणा राख्नुहुन्छ माग पुरा नभएसम्म। तर उपेन्द्र यादवले मधेस आन्दोलनलाई सत्ताको सिढी बनाए। निस्वार्थ राजनीति गरेकै कारण आज उहाँ निशानामा पर्नुभएको छ। प्रदेश कमिटीको संयोजकमा पनि नियोजित रुपमा हराइयो।’

उसो त उपेन्द्र सरकारमा गएका बेला गत वर्ष संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने प्रदेश कमिटीबाट निर्णय गरेर पुरै देशलाई रेणुले काउन्टर दिएकी थिइन। तर सो निर्णयले उपेन्द्रलाई अप्ठेरो पर्यो र उनले केन्द्रबाट हस्तक्षेप गरे। यो घटनाका कारण पनि उपेन्द्रले रेणुलाई निशाना बनाए।

अहिले प्रदेश कमिटीमा रेणुलाई हराएर आफ्ना मान्छेलाई जिताएका छन्। प्रदेश २ मा रेणु लोकप्रिय भए पनि उपेन्द्रले सरकारी साधनस्रोतको परिचालन गरेर माहोल आफ्नो पक्षमा पारेका छन्। प्रदेश कमिटी नेतृत्वको नतिजासँगै फोरमभित्र केन्द्रीय नेतृत्वप्रति असन्तुष्टि चुलिएको हो।

नेता कार्यकर्ता आक्रोशित भएपछि पार्टी केन्द्रीय अध्यक्ष यादव पनि तनावमा परेको बताइएको छ। रेणुले पार्टी फुटाउँछिन कि भन्ने भय उपेन्द्रमा देखिएको उनीनिकट नेताहरु बताउँछन्। रेणुले पार्टी फुटाए धेरै प्रदेश सांसद उनीतिर जाने देखिन्छ।

यसले फोरम कमजोर हुने भएकाले उपेन्द्र चिन्तित रहेको बताइन्छ। यद्यपि प्रदेश २ का नेता कार्यकर्ता भने रेणुले पार्टी फुटाउने नभई पार्टीभित्र संघर्ष गरेर अघि बढ्ने बताउँछन्। नेपाली राजनीतिमा रेणु एक सशक्त, वरिष्ठ र इमान्दार राजनीतिज्ञका रुपमा चिनिन्छिन्।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्