Logo
८ बैशाख २०८१, शनिबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुझाव आयोगको प्रतिवेदन : प्रदेश नं. २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’

जनकपुरधाम : प्रदेश नं. २ को नामाकरण र स्थायी राजधानी तोक्नका लागि गठित संवाद तथा सुझाव आयोगले विहिबार मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी मुख्यमन्त्री मो. लालबाबू राउतलाई आयोगले दिउँसो प्रतिवेदन (रिपोर्ट) बुझाएको हो ।

सुझाव आयोगका संयोजक हरिवंश झाले मुख्यमन्त्री राउतलाई प्रदिवेदन झण्डै ६ महिनापछि प्रतिवेदन बुझाएका हुन । प्रदेश २ का ८ वटै जिल्लाबाट गरिएको प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव संकलन ६४ पानाको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझाएपनि बहुसंख्यकले राजधानी र नामाकरणको विषयमा भने गोप्य राखिएको छ । भने प्रदेशको नाम मधेश र राजधानी भने अहिले अस्थायी राजधानीको रुपमा रहेको जनकपुरलाई नै स्थायी बनाउने गरी गोप्य सुझाव पेश गरिएको अनुमान गरिएको छ ।

प्रत्येक जिल्लाबाट १००/१०० जना गरी लिएको प्रस्ताव मुख्यमन्त्री समक्ष बुझाइएको हो ।  ८ सय जनासँग सुझाव संकलन गरी मुख्यमन्त्रीलाई बुझाएको भन्दै संयोजक झाले संचारकर्मीसँग भने ,- ‘प्रतिवेदनको सबै कुरा गोप्य छ, यो अफिसीयल भएकोले अहिले भन्न मिल्दैन, अधिकारिक व्यक्तिले यसको घोषणा गर्नेछ सही समयमा । तर अहिले तत्काल भन्न सकिदैन ।’

उनले सुझाव संकलनका लागि ३० लाख बजेट रहेपनि १७ लाख मात्र खर्च भएको र बाँकी रकम फिर्ता गरिएको प्रष्ट पारे । मुख्यमन्त्री राउतले सो प्रतिवेदन बुझदै अब चाँडै नै मधेशका जनताले प्रदेशको सही नामाकरण र स्थायी राजधानी पनि पाउने बताए ।

संचारकर्मीहरुको प्रश्नको जवाफमा उनले प्रतिवेदन अहिले गोप्य रहेको र यसलाई प्रदेश नं. २ को कार्यालयमा बुझाउने जनाउँदै त्यसपछि प्रदेशको सही नाम र राजधानी सबैले थाहा पाउने बताए ।

प्रदेशको नामाकरण र स्थायी राजधानी अगावै यस विषयमा आन्दोलन समेत भएको थियो । जनतामा मधेश प्रदेश र राजधानी जनकपुरको लागि आसा जागेको छ ।

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्