Logo
१५ चैत्र २०८०, बिहीबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बनावटी दाइजो’ समस्याको मुख्य कारक माइती पक्ष

वीरेन्द्र केएम
सम्पादक : नागरिक टाइम्स
नेपाल संवाददता : एबिपि न्यूज इण्डिया

-‘बनावटी दाइजो’ नामक बनावटी समस्याको मुख्य कारक औसतमा कुनैपनि छोरीका आमा-बुवा नै हुन् उनका सासू-ससुरा वा पति होइन ।

-यसको अर्को कारक ती छोरीहरू पनि हुन् जो विवाह भएको भोलिपल्टदेखि नै पतिको पैतृक सम्पती वा कारोबारमा हिसाब खोज्न थालेका हुन्छन् तर आफ्ना-आमाबुबाको सम्पत्तिमा वा कारोबारमा कहिले पनि हिसाब् खोज्दैनन र दाई-भाई जत्तिकै अधिकार मलाई खोइ ? भन्ने हैसियत राख्दैन ।

-दाइजोकै लागि कोहि पनि केटावालाहरु केटी खोज्न हिडेका हुदैनन् , हो केटीवालाहरु स्वस्फूर्त डाक बडाउने शैलीमा हैसियत भन्दा माथिका केटा खोजी रहेका हुन्छन् र दाइजोको लोभ देखाईरहेका हुन्छन् ।

-कोहि राम्रो पढेलेखेका होनहार केटा छन् तर उस्को पैतृक सम्पती राम्रो छैन भने केटीवालाहरु उसलाई छोरी दिन रुचाउदैनन । तर सम्पत्ति हेरेर जुनैपनी खान्दानका केटालाई छोरी दिन तयार हुन्छन् ।

-आफ्ना छोरीलाई पढाउने-लेखाउने-योग्य बनाउने र उसलाई छोरासरह अंश पनि दिने समाजमा कुनै आमा-बुवाको सोच रहेको देखिदैन तर छोरीलाई जाबो १०-१२, अनमी, सिमए पढाएर डाक्टर, इन्जिनियर, सुब्बा-अधिकृत ज्वाईं खोज्ने र दाईजोको डाक बढाउने औसतमा सबै आमा-बुवा हुन्छन् ।

-जो बुवा-आमा आफ्ना छोरासरह छोरीलाई केही पनि अंश दिन चाहदैनन फेरि त्यहीँ आमा-बुवा विवाह भएको भोलिपल्टदेखि नै छोरीज्वाईंलाई उस्को बुवा-आमासँग छुटाउने, दाजुभाइसँग छुटाउने, अंश लिनका लागि हिसाब-किताब लगाउने कार्यमा सक्रिय रहेका हुन्छन् ।

अत:
छोरी जन्मेदेखी विवाह गर्ने बेलासम्ममा आमा-बुवाले इमानदारी पुर्वक छोरासरह नै उस्को अंश दिने हो र दिएर पठाउने हो भने यो “दाइजो नामक” बनावटी समस्या आपसे आप समाप्त हुनेछ भने यसको नाममा ओकालतको खेती गर्ने “झोले एनजिओ” धारीहरुको खेतिपाती बन्द हुनेछन् ।।

@केएमको फेसबुकबाट

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्