Logo
१५ चैत्र २०८०, बिहीबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख २३ गते फोरम र नयाँ शक्तिबीच पार्टी एकता घोषणा, २ अध्यक्ष तर भट्टराईको वरिष्ठताक्रम पहिलो

काठमाडौं : लामो समयदेखि एकीकरणको प्रयासमा रहेको संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता घोषणा अगामी वैशाख २३ गते हुने भएको छ ।

पार्टी एकतालगत्तै अहिलेसम्म एकीकृत पार्टीमा दुवै दलका अध्यक्ष रहने गरि अध्यक्षमण्डल रहने तयारी भएको छ । अर्थात नेकपाको मोडेलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई दुईजना नै अध्यक्ष रहने बताइएको छ ।

निर्णय गर्ने अधिकार दुवैजनाको समान रहने भएपनि वरिष्ठताक्रममा भट्टराई पहिलो नम्बरमा रहने बताइएको छ । अरु पदको बारेमा दुई पार्टीबीच छलफल भइरहेको छ । नयाँ शक्ति नेपालले एउटा अर्को शर्त पनि अघि सारेको छ, त्यो सरकार छाड्ने कुरा ।

नयाँ शक्तिले फोरम नेपाललाई सरकार छाड्न भनेको छ । यसको विषयमा फोरम नेपालले कुनै निर्णय दिएको छैन । यस विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने भनेको छ ।

फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई यो एकीकरणमा सामेल गराउन भनेको छ ।

त्यसका लागि एक दुईपटक तीनटै दलको बीचमा छलफल पनि भएको छ, तर राजपा नेपालको तर्फबाट खासै सक्रियता नदेखाएपनि फोरम नेपाल र नयाँ शक्ति नेपालले भने पार्टी एकताको मिति तय गरेका हुन् ।

नयाँ शक्तिसँग एकीकरण गर्ने निश्चित भएपछि फोरम नेपालले आफ्नो केन्द्रीय महाधिवेशन सार्ने तयारी गरिरहेको श्रोतले जनाएको छ ।

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्