Logo
१५ चैत्र २०८०, बिहीबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठेकेदारको लापरवाहीले गयो बालिकाको ज्यान : ‘साढे ४ लाखमा घटना दबाइयो’

दुहवी : मोरङको ग्रामथान ४ स्थित मोतिपुरकी ६ वर्षिय बालिकाको ठेकेदारको लावरवाहीले ज्यान गएको छ । ग्रामथान ४ स्थित मोतिपुरमा रहेको लोहन्द्रा खोलामा माटो, बालुवा ठेक्काको नाममा जेसिवी लगाएर मापदण्ड बिपरित गहिरो भंगालो बनाएकोले बालिकाको डुबेर मृत्यु भएको हो ।

मेला जाने भनेर सोमवार विहान घरबाट हिँडेकी ६ वर्षिय जिविका चौधरी वेलुकी सम्म घर न फर्किदा उनको खोजीगर्ने क्रममा मंगलवार विहान ५ बजे लोहन्द्रा खोलामा मृत अवस्थामा फेला परेको उनका बुवा मिथुन चौधरीले बताए । बालिकाको शव भेटिएपछि आफन्त र स्थानियहरु आक्रोसित हुँदै ठेकेदारलाइ कारवाही न भए सम्म शव उठाउँन न दिने भन्दै प्रर्दशन गरेका थिए ।

प्रहरीलाइ शव उठाउँन न दिएपछि त्यस वडाका जनप्रतिनिधिहरुले ठेकेदारसँग छलफल गर्ने भन्दै मृतकका आफन्त सहित वडा कार्यालयमा पुगेका थिए । वडा कार्यालयमा छलफल गर्ने क्रममा मृतकका बुवा मिथुन चौधरीले संचारकर्मीहरुलाइ घटनाको जानकारी दिदंै ठेकेदारलाइ कारवाहीको माँग गरेका थिए ।

छलफलको क्रममा श्री गणेश ट्रेर्डस ग्रामथानका ठेकेदार नरेन्द्र चौधरीले माटो,बालुवा उत्खननमा गल्ती भएकै हो भन्दै स्विाकारे । छलफलकै क्रममा घटनावारे बुझ्न खोज्दा ग्रामथान ४ का वडाध्यक्ष बैजनाथ बिश्वास थारुले आफुहरुले कुरा मिलाउँने भन्दै संचारकर्मीहरुलाइ बन्द कोठाबाट वाहिर निस्कन बाध्य पारेका थिए ।

छलफलको लगभग आधा घण्टापछि मृतकका बुवालाइ साढे चार लाख क्षतिपूर्ति दिने भनि सहमती गराएको वडाध्यक्ष बैजनाथ बिश्वास थारुले बताए । जनप्रतिनिधिले कारवाहीको प्रकृया अगि न बढाइ आर्थिक चलखेलमा ठेकेदारकै मिलेमतोमा घटनालाइ दवाएको हुँन सक्ने आशंका गरिएको छ ।

स्थानिय रवीलाल सरदारका अनुसार ग्रामथान गाउँपालिकासँग लोहन्द्रा खोलामा श्री गणेश ट्रेर्डस ग्रामथानले साढे ३ फिट सम्म खन्ने समझौता भएपनि खोलामा डोजर लगाएर ६ देखि ८ फिट सम्म गहिरो भंगालो बनाएकोले बालिका नुहाउँने क्रममा डुबेर ज्यान गएको हुँन सक्ने बताए ।

अर्का स्थानिय खिलप्रसाद दाहालका अनुसार ठेकेदारले डोजर लाएर गहिरो भंगालो बनाउँदा आफुहरुले पटक–पटक सम्झाउँन जाँदा धाक धम्की दिने गरेको बताए । स्थानिय ओमनारायण सरदारले भर्ने हामी गाउँलेले यो विषयमा वडाध्यक्ष लगायत प्रहरीलाइ समेत जानकारी गराउँदापनि कसैले सुनेन, अव ठेकेदारलाइ कारवाही गर्नुको साटो साढे चारलाखमा कुरा मिलाएको सुन्दा आफु अत्यन्तै दुखी भएको बताए ।

मोतिपुर प्रहरी चौकीका इञ्चार्ज श्याम सुन्दर मण्डलले घटनाको अनुसन्धान गरिएको र शवलाइ पोष्टमार्टमकालागि कोशी अस्पताल बिराटनगर पठाइएको जनाए ।

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्