Logo
१५ चैत्र २०८०, बिहीबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को नाम र राजधानी टुंग्याउन गठित आयोगले काम सक्यो, प्रतिवेदन बुझाउने तयारीमा

जनकपुर : ६ महिना लामो अध्ययनपछि प्रदेश नम्बर २ को प्रदेशको नाम, राजधानी र भाषा टुंग्याउन गठित आयोगले काम सकेको छ । उसले आज प्रदेश सरकारलाई आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

उक्त तयार पारिएको प्रतिवेदन प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतलाई बुझाउन लागिएको आयोगले जनाएको छ ।

प्रदेशको नाम , राजधानी र भाषा टुंगो लगाउन गत कात्तिक १२ गते प्रदेश २ मन्त्रिपरिषद् बैठकले डा।हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको थियो । आयोगले ६ महिनापछि सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो ।

आयोगलाई गठन भएकै बेलादेखि प्रदेश २ को आठवटै जिल्लाबाट राजनीतिक दल, नागरिक समाज, संघसंस्था तथा बढी भन्दा बढी व्यक्तिसंग सल्लाह र सुझाव संकलन गरी ४५ दिनभित्र प्रतिवेदन प्रदेश सरकारलाई बुझाउन भनेको थियो ।

४५ दिनमा काम नसकिएपछि आयोगले थपिएको समयमा तोकिएको काम सकाएर प्रतिवेदन बुझाउन लागेको हो ।

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्