Logo
८ बैशाख २०८१, शनिबार
(May 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी र रक्सी तस्कर समूहबीच झडप हुँदा लुटे हतियार

जनकपुरधाम : समूहले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच झडप हुँदा तस्करहरुले प्रहरीको हतियार लुटेको छ ।

गस्तीको नेतृत्वकर्ता नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोदकुमार साहको साथमा रहेको एक थान पेस्तोल तस्करहरुले लुटेका हुन् । उनीहरुले त्यसको म्यागेजिनसमेत लुटेको प्रहरीले जनाएको छ । घटना बुधबार बिहान २ बजेतिरकै हो । घटनास्थलमा प्रहरी परिचालन गरी हतियार लुट्नेहरुको खोजी थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले भारततर्फ रक्सी तस्करी गर्न खोज्नेहरुसँग नेपाल प्रहरीको झडप भएको बताए । ‘प्रहरीसँग तस्करको झड्प भएको सुनेको छु’ कार्कीले भने, ‘हतियार लुटेको थाहा छैन ।’

घटनास्थलमा अर्का डिएसपी ज्ञान मेहताको नेतृत्वमा टोली खटिएको बताए ।

प्रकाशित मिति: May 1, 2019

प्रतिक्रिया दिनुहोस्