Logo
८ बैशाख २०८१, शनिबार
(May 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेठ ३ मा यी दुई अभिनेत्रीको भिडन्त

काठमाडौं : नेपाली फिल्ममा अभिनेत्रीको भाग्य फिल्मको कमाइ र सफलतासँग जोड्ने गरिन्छ । अभिनेत्री वर्षा राउत र बर्षा सिवाकोटीका हकमा यो तुलनात्मक विश्लेषण हुने गरेको छ ।

यी दुई अभिनेत्रीलाई एक अर्कोको प्रतिस्पर्धीका रुपमा समेत चर्चा गर्ने गरिन्छ । सायद त्यसैले पनि होला यी अभिनेत्रीलाई एकै फिल्ममा देख्न पाइन्न । तर एकले छोडेको फिल्म अर्कोले गर्न भने तयार रहन्छन् ।

एकै फिल्म देख्न नपाइएका यी दुई अभिनेत्री बिच भने ब्यवसायिक प्रतिस्पर्धा हुने भएको छ । आगामी जेठ ३ गतबाटे रिलिज हुन लागेका दुई फिल्म ‘वीर बिक्रम २’ र ‘जात्रौ जात्रा’ मार्फत यी दुबै बर्षा बिच प्रतिस्पर्धामा हुने देखिएको हो ।

‘वीरविक्रम-२’ मिलन चाम्सको निर्देशन रहेको फिल्म हो । फिल्ममा बर्षा सिवाकोटी, पल शाह, नाजीर हुसेन, बुद्धि तामाङलगायतको मुख्य भुमिका रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको फिल्मको निर्माता अर्पण सापकोटा हुन्, भने रञ्जिता शिवाकोटी सह-निर्माता रहेकी छन् ।

‘जात्रै जात्रा’ भने प्रदीप भट्टराइले निर्देशन गरेको फिल्म हो । विपिन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बानिया, दयाहाङ राई, बर्षा राउतको अभिनय रहेको छ । एकै मितिमा प्रदर्शनमा आउने यी दुई फिल्म रिलिज लिएर भागवन्डा अनुमान गर्ने हो भने ‘जात्रै जात्रा’ले हल तथा दर्शक बढी पाउने अनुमान धेरैको छ ।

चलचित्र भवनले पनि ‘वीर बिक्रम २’को तुलनामा ‘जात्रै जात्रा’लाई बढी शो दिने अनुमान गर्न सकिन्छ । दुवै सिक्वेल भए पनि ‘जात्रै जात्रा’को अघिल्लो सिक्वेलले ‘वीर विक्रम’ भन्दा बढी चर्चा र पैसा कमाउ सफल भएको थियो । प्रचारको कुरो गर्ने हो भने जात्रै जात्रा भन्दा ‘वीर बिक्रम २’ अगाडि रहेको छ ।

प्रकाशित मिति: May 1, 2019

प्रतिक्रिया दिनुहोस्