Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को राजधानी धनकुटालाई बनाउने मन्त्रिपरिषदको निर्णय

विराटनगर : प्रदेश नम्बर १ को सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ ।

मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए ।

धनकुटा यसअघि पूर्वाञ्चल विकास क्षेत्रको राजधानी थियो ।मंगलबार बिराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले धनकुटालाई सम्पर्क राजधानी तोकेको हो।

यसैक्रममा बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्‍ने निर्णय गरेको छ। यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको आन्तरिक मामिला मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।

तत्कालिन पूर्वाञ्चल बिकास क्षेत्रको राजधानीको रुपमा धनकुटा रहेको थियो। संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे लगत्तै प्रदेश सरकारले पूरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाएको हो।

त्यस्तै प्रदेश एकको यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ।

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्