Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठगी धन्दामा लागेको भन्दै थप १० वटा म्यानपावर कम्पनी खारेज

काठमाण्डौ : वैदेशिक रोजगार विभागले थप १० वटा म्यानपावर कम्पनीलाई खारेज गरेको छ । विभागको सोमबार बसेको बैठकले इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस्, प्रिसाइस इन्टरनेशनल प्रालि खारेज गर्ने निणर्य गरेको हो ।

वैदेशिक रोजगारीमा कामदार पठाउँदा धेरै ठगी मुद्दामा संलग्न भएको भन्दै विभागले यसअघि १९७ वटा म्यानपावर खारेज गरेको थियो ।

यस्तै, इनोभेटिभ सर्भिसेज प्रालि, रि क्रियशन इन्टरनेशनल प्रालि, प्रशिद्ध ओभरसिज प्रालि, वल्ड फस्ट जब प्लेसमेन्ट प्रालि र निजम ओभरसिज प्रालि पनि खारेज गर्ने निर्णय भएको छ ।

वैदेशिक रोजगारीमा गएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा म्यानपावरको गल्ती देखिएमा सम्बन्धित म्यानपावर खारेज गर्ने गरेको छ ।

विभागले खारेज गरेपछि म्यानपावरले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै काम गर्न पाउँदैन । तर एजेण्ट र दलालहरुले खारेजीमा परेका म्यानपावरको नाम लिएर पनि ठग्ने भएकाले सचेत हुन विभागले आग्रह गरेको छ । विभागमा १४ सय ३७ वटा म्यानपावर दर्ता छन् ।

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्