Logo
१२ बैशाख २०८१, बुधबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सल्लाह गर्दा नि हल्ला गर्छौं, वाह, हामी महान मधेशी ! 

वीरेन्द्र केएम
सम्पादक : नागरिक टाइम्स
नेपाल संवाददता : एबिपि न्यूज इण्डिया

-हामी त्यो मधेशी हौं, जो एक बित्ता जग्गाका लागि दाइ-भाइमै काट-मारसम्म गर्न तयार हुन्छौं । तर बिगाहको बिगाह जग्गा त्यतिकै प्रतीप्राट हुन्छ ।।

-हामी त्यो मधेशी हौं, जो सल्लाह गर्दा नि हल्ला गर्छौं, बिगाहको बिगाह जग्गाको मालिक हुन्छौं तर लत्ताकपडा र रहनसहन भने भिखमङ्गा जस्तो हुन्छ ।।

-हामी त्यो मधेशी हौं, कुनै टोपी लगाएका पहाडीलाई देवता नै ठन्छौं तर कोही सक्षम मधेशी देखियो भने त्यसलाई सक्षमताबाट झाड्न तछाड मछाड गर्छौं ।

-हामी त्यो मधेशी हौं, जन्मिन बितिकै छोराहरूलाई आफ्ना सबै पैतृक सम्पत्तिका मालिक घोषणा गर्छौं, तर छोरीलाई पढाउन सरकारको मुख ताकेर बस्छौं, १/२ लाख दाउजो दिएर करौंडोको धाक देखाउछौं, आज बिवाह गराई भोलि सासुससुरासँग अंश दिलाएर छुट्टाएर बसाउन उद्द्त हुन्छौं तर आफनै सम्पत्तिबाट छोरासरह एक रुपैयाँ नि अंश दिदैनौं ।

-हामी त्यो मधेशी हौं, आफ्ना बाहेक कसैको घरमा कुनैपनी कारणले महिलहिंसा भएको होस् तर सिधै दाइजोलाई कारण बनाउछौं, मुद्दामामिला गराउन तयार हुन्छौं । २ रुपैयाँ सरहको कुरालाई २ लाख जस्तो बनाउछौं, इज्जतको धज्या उडाउछौं ।

-हामी त्यो मधेशी हौं, पढाउनमा खर्च गर्न रुचाउदैनौ तर जागिरका लागि लाखौं घुष दिन तयार हुन्छौं, छोराछोरी न पढोस बाल मतलव छैन तर जग्गा किन्न निकै माहिर हुन्छौं, पढाईलेखाई सक्षमता होइन जग्गा-जमिनलाई महत्व दिन्छौं ।

-हामि त्यो मधेशी हौं, जो करोडौंका मालिक भएर पनि खरदार-सुब्बाको जागिरलाई महान मान्यौं र नसकेकाले दुबाइ-कत्तार-मलेसियामा गइ प्लेट धुन पनी तयार भयौं ।

@हामी महान मधेशीको जय होस् ।।

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्