Logo
|| April 30, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक वर्षको बजेट ल्याउने तयारीमा प्रदेश ३, साथै करको दायरा बढाइने

हेटौंडा : प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको छ । बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका हुन् । ५० अर्बको बजेट ल्याउने तयारी गरिएको छ ।

चालु आर्थिक वर्षका लागि बजेट खर्च गर्न नसकेर पिरोलोमा परेको प्रदेश सरकारले पोजेक्ट बैंकमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा छ । चालु आवमा जम्मा ३० प्रतिशत बजेट खर्च भएको छ ।

आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेपनि यस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा लामो समयदेखि सचिव नभएका कारण धेरै काममा समस्या परेको छ ।संघीय सरकारले सविच नपठाएकोमा प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले काम गर्न समस्या भएको बताए ।

प्रदेशको राजस्व संकलन महत्वपूर्ण हिस्सा मानिएको ढुंगा, गिटी र बालुवाको सबै कर स्थानीय तहले मात्र लिने भनेर संघीय सरकारले निर्णय गरेपछि आर्थिक स्रोत घट्ने बताइएको छ । राजस्व संकलनको दायरा बढाएर प्रदेश सरकारको आर्थिक स्रोत वृद्धि गर्ने तयारीमा प्रदेश सरकार लागेको मन्त्री ढुंगेलले बताए ।

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलवार १३:३६

प्रतिक्रिया दिनुहोस्